Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ देशभर उत्कृष्ट व्यापार गर्दै अघि बढिरहेको छ। अहिलेसम्म चलचित्रले ७० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। आजबाट यो चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको छ।

निर्माण टोलीका अनुसार नेपालमा मात्रै यसले ४७ करोड रुपैयाँको कलेक्सन गरेको छ। ओभरसिज प्रदर्शनतर्फ जापानबाट १८ लाख, अमेरिका र क्यानडाबाट साढे ९ करोड, अस्ट्रेलियाबाट ९ करोड र मिडल इस्टबाट ५ करोड रुपैयाँको कलेक्सन गरेको छ। ओभरसिजमा भने यो फिल्म एक हप्तापछि रिलिज भएको थियो।

चलचित्रको हालसम्मको कलेक्सनले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सय करोड क्लबतर्फ लैजाने सम्भावना बलियो बनाएको छ। विशेषगरी बिदाका दिनहरूमा अधिकांश शो हाउसफूल भइरहेका छन्। जसले चलचित्रप्रति दर्शकको आकर्षण देखाएको छ। तर, पाँचौँ हप्तामा प्रदर्शन भइरहेकोले थप ३० करोड कलेक्सन गर्न चुनौतीपूर्ण देखिन्छ। यद्यपि, दर्शकहरूको सकारात्मक प्रतिक्रिया र प्रचारले आगामी दिनमा चलचित्रले राम्रो कलेक्सन गर्ने विश्वास गरिएको छ।

सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, र अञ्जना बराइली मुख्य भूमिकामा छन्। महेश दवाडीले संवाद लेखेका छन्। सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यस फिल्मका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

१ करोड ३० लाख रुपैयाँमा निर्माण भएको यो चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्दै ऐतिहासिक सफलता हात पारेको छ। ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली सिनेमा क्षेत्रका लागि प्रेरणादायी उदाहरण बनेको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया