Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर निगमका २२ जना पाइलट हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ । यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।

निगमका चारवटा जेट विमान उडाउने ४३ जनामध्ये २२ जना पाइलटले ८ वर्षदेखिको खाइपाइ आएको पारिश्रमिक पुनरावलोकन गर्दै करारमा कार्यरत पाइलटले पाउने तलबसरह पारिश्रमिक पाउनुपर्ने माग राख्दै असोज २२ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले तीन वर्षअघि ५८ वर्ष उमेरहदले अवकाशमा गएका पाइलट विजय लामालाई मासिक १२ लाख रुपैयाँ दिई करारमा नियुक्ति दिइएको तर त्यहाँ कार्यरत स्थायी पाइलटहरूलाई लामालाई दिइने पारिश्रमिकको आधा पनि नदिने गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया