Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानमा नेपाली चलचित्र ‘संकल्प’को निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको चलचित्र ‘संकल्प’ अब केही दिनमा जापान प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चित्र प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्देशन/लेखन विनोद बुढाथोकी र निर्माण गीता बुढाथोकीको रहेको छ । मिलन तामाङ र अनुष्का बुढाथोकीको डेब्यु यस चलचित्रमा हिमाल कणेल, सरोज घिमिरे र विक्रान्त भुजेल मुख्य भूमिकामा छन् । जापानकै विभिन्न स्थानमा छायांकन गरिएको चलचित्र संकल्पमा छायांकन र सम्पादन खगेन्द्र मल्ल ठकुरीको रहेको छ ।

जापानी भाषा र अन्य विषयको अध्ययनको सिलसिलामा आएका विद्यार्थीहरूले आफूले गर्नपर्ने मेहनत र जापानीहरूले गरेको काम प्रतिको निष्ठा, र अनुशासनबाट प्रभावित भई आर्जन गरेको ज्ञान र सिपलाई नेपालमै लगाउने संकल्प नै चलचित्रको मुख्य विषय रहेको बताइएको छ । जापानमै भेट भएका नायक नायिकाका अन्तरकथाले कथालाई केही रोमाञ्चित बनाएको छ । चलचित्रमा गीत संगीत प्रान्जल तिम्सिना र सञ्जीव पुडासैनीको रहेको छ ।जापानबाट प्रदर्शन सुरु गरिने चलचित्र केहीपछि मात्र नेपालमा प्रदर्शन हुने जनाइएको छ । चलचित्र संकल्प निर्माण तथा निर्देशन जापानको नागोया शहरमा विगत १६ वर्ष देखि रहँदै आएका विनोद बुढाथोकीले गरेका हुन । उनी विराटनगरमा ‘यात्री समूह’ नाट्य संस्थाको संस्थापक सदस्य भई विभिन्न ठाउँमा स्टेज नाटक तथा चेतना मूलक सडक नाटकमा कलाकारी तथा प्राविधिक रुपमा आबद्ध थिए । उनका दाजु रमेश बुढाथोकीसंग सहायक निर्देशकको रुपमा भावना, अनुराधा, मन लगायत केही टेलिसिरियल र चलचित्र मोहनीमा सहायक निर्देशकको रुपमा काम गरेका विनोद ग्राफिक्स डिजाइन र चित्रकारितामा आफ्नो विशेष रुचि भएको बताउँछन् ।उनी नेपाल रहँदा कंचनकला ग्राफिक्स डिजाइन सञ्चालन गरि चलचित्रहरूको प्रचार सामाग्री निर्माण गर्नुका साथै दाजु रमेशको बिणा आर्टसबाट निर्मित टेलिसिरियल दुई दिनको जिन्दगानी, कसलाई आफ्नो भनूँ, पुष्पाञ्जलीका साथै आफ्ना भाई महेन्द्र बुढाथोकीद्वारा सञ्चालित संगम भिजन सँगै सहभागी भई टेलिसिरियल करुणा र चलचित्र ज्वालामुखीको कार्यकारी निर्माताको रुपमा कार्य गरेको सम्झन्छन् ।

तत्कालीन जनआन्दोलनको असरले नेपाली चलचित्र जगतलाई पनि छाडेन । सबै क्षेत्रमा ठप्प प्राय भएकोले रोजगारको सिलसिलामा विगत १६ वर्षदेखि जापानमा बस्दै आएको विनोदको भनाई छ । ‘अब छिट्टै जापानमा निर्माण गरेको यो संकल्प चलचित्र जापानमा प्रदर्शन गर्ने छौं,’ उनले भने, ‘सबै नेपालीको साथ सहयोगको अपेक्षा गर्दछु ।’

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया