Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानी प्रधानमन्त्री शिगेरु इशिबा पेरुको राजधानी लिमामा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग (APEC) सम्मेलनको समूह फोटो सत्र गुमाएका छन् । चिहानको भ्रमणबाट फर्कने क्रममा ट्राफिक जाममा परेपछि प्रधानमन्त्री इशिबा समूह फोटो सत्रमा अनुपस्थित भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ट्राफिक जाममा परेका इशिबा आउन ढिलो भएपछि शनिबारको फोटो सत्र उनको अनुपस्थितिमा अघि बढेको थियो । जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङजस्ता नेताहरूको सहभागिता थियो । सी जिनपिङ अगाडिको केन्द्रतिर रहेका थिए भने जनवरीमा पदत्याग गर्ने बाइडेन पछाडितर्फ उभिएका थिए ।जापानी प्रमुख क्याबिनेट सचिव योशिमासा हायाशीले इशिबा चिहान भ्रमण गरेर फर्कँदा ट्राफिक जाममा परेको पुष्टि गरे । ‘फोटो सत्र बैठकको अन्त्यमा गरिएको थियो, त्यसैले इशिबाको अनुपस्थितिले अन्य नेताहरूसँगको सम्बन्ध निर्माण प्रक्रियामा कुनै असर पारेन,’ उनले पत्रकार सम्मेलनमा भने, ‘दुई दिने APEC सम्मेलनको क्रममा इशिबाले आफ्ना सन्देशहरू पुर्‍याएका थिए । प्रधानमन्त्री आफ्नो उपस्थिति मजबुत रूपमा देखाउन सफल भए ।’

हायाशीकाअनुसार इशिबा पूर्व पेरुवियन राष्ट्रपति अल्बर्टो फुजिमोरीको चिहानमा फूल अर्पण गरेर उपनगर लिमाबाट सम्मेलनस्थल फर्कने क्रममा ट्राफिकमा परेका थिए । उक्त जाम दुर्घटनाका कारणका भएको थियो । दक्षिण अमेरिकी देशमा जापानी मूलको पहिलो राष्ट्रप्रमुख रहेका फुजिमोरीको सेप्टेम्बरमा ८६ वर्षको उमेरमा निधन भएको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया