Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । सिटी एक्सप्रेस रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणका आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूको घोषणा गर्दै उनीहरूलाई सम्मान गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गरे । सिटी एक्सप्रेसको यो उत्कृष्ट करदाताको रूपमा पहिलो सम्मान हो ।सम्मानित भएपछि कम्पनीले सरकारबाट प्राप्त मान्यतालाई गौरवको रूपमा लिएको छ । सिटी एक्सप्रेस जापानले एक प्रेस नोट जारी गर्दै सम्मानले कम्पनीको जिम्मेवारीलाई अझ बलियो बनाएको उल्लेख गरेको छ । ‘नेपाल सरकारबाट सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीको रूपमा सम्मानित हुन पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं,’ प्रेस नोटमा भनिएको छ, ‘कम्पनीका सम्पूर्ण ग्राहकहरूको साथ, विश्वास र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दछौं ।’

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि जापान, कोरिया, साउदी, कतार, कुवेत, मलेसिया, अस्ट्रेलिया, लगायतका देशबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया