Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधबार स्वास्थ्य परीक्षण गराएका छन् । भर्खरै औपचारिक रूपमा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका इशिबाले पाँच दिनभित्र दोस्रो पटक स्वास्थ्य परीक्षण गराएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि उनी यसै हप्ता संसद्को सत्रको क्रममा निदाएको जस्तो देखिएका थिए, जसले उनको स्वास्थ्यप्रति चिन्ता उत्पन्न गरेको थियो । सरकारका प्रमुख प्रवक्ताले ६७ वर्षीय प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या नरहेको भन्दै आश्वस्त पारेका छन् । लिबरल डेमोक्रेटिक पार्टी र त्यसको सहायक गठबन्धन साझेदारहरूले गत अक्टोबर २७ को आम निर्वाचनमा आफ्नो बहुमत गुमाएका थिए ।

मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले बुधबार एक पत्रकार सम्मेलनमा इशिबाले टोकियोको स्वास्थ्य केन्द्रमा करिब ३० मिनेट लामो स्वास्थ्य परीक्षण गराएको बताए । उनकाअनुसार परीक्षणले प्रधानमन्त्रीको आधिकारिक जिम्मेवारीमा कुनै असर पारेको छैन ।

उनी गत शनिबार पनि टोकियोको एक अस्पतालमा झन्डै १ घण्टा ५० मिनेटको स्वास्थ्य जाँचका लागि भर्ना भएका थिए । बुधबार फेरि स्वास्थ्य जाँच गराउनुको कारणबारे सोध्दा हायाशीले भने, ‘यो पहिले नै निर्धारण गरिएको नियमित स्वास्थ्य परीक्षण हो भन्ने मैले जानकारी पाएको छु ।’

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया