Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख चिप निर्माता एनभिडिया र सफ्टबैंकले संयुक्त रूपमा विश्वको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फाइभजी टेलिकम नेटवर्क सुरु गरेका छन्।

यो नेटवर्कले एआई–आरएएन (आर्टिफिसियल इन्टेलिजेन्स रेडियो एक्सेस नेटवर्क) प्रक्रिया मार्फत एआई र ५जीको वर्कलोडलाई सहज रूपमा व्यवस्थापन गर्ने क्षमता राख्छ। जसले उच्च गतिको डाटा प्रसारणलाई सुनिश्चित गर्छ। यसको प्रयोगबाट टाढाबाटै स्वचालित सवारी साधन र रोबोटिक उपकरणहरू सञ्चालन गर्न सकिनेछ।

सफ्टबैंकका सीईओ मासायोशी सोनले एनभिडियाका सीईओ जेन्सेन हुआङसँग एआई सम्मेलनमा बोल्दै अन्य टेलिकम कम्पनीहरूले पनि यो नयाँ प्रविधिलाई पछ्याउनुपर्ने सुझाव दिए।

यो नयाँ प्रविधिमा एनभिडियाले आफ्नो जेनेरेटिभ एआई मोडलका लागि बनाएको सुपरकम्प्युटरमा प्रयोग हुने ब्ल्याकवेल चिप पहिलो पटक सफ्टबैंकलाई उपलब्ध गराएको बताइएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया