Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान कायम गरेको छ। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यो फिल्मले दर्शकहरूलाई हलसम्म आकर्षित गर्न सफल भएको छ।

पहिले ‘बेहुली फ्रम मेघौली’ ले ३३५ सो पाउँदै कीर्तिमान बनाएको थियो। तर एक महिनामै ‘पूर्णबहादुरको सारङ्गी’ ले यो रेकर्ड तोडेको छ। प्रारम्भमा हलवालाहरूले यस चलचित्रलाई धेरै विश्वास गरेका थिएनन्। तर कात्तिक १५ गते रिलिज भएपछि यसको प्रदर्शन उत्कृष्ट रह्यो।

बिहीबार देशभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाउँदै यसले नेपाली चलचित्रको इतिहासमा एकै दिन सबैभन्दा धेरै ‘सो’ पाउने चलचित्र बनेको छ। तर, तिहारको अघिल्लो दिन दुई भारतीय फिल्म ‘सिङ्घम अगेन’ र ‘भुलभुलैया ३’ रिलिज भएपछि ‘पूर्णबहादुरको सारङ्गी’ को ‘सो’ घटेर ५७ मा सीमित भएका थिए। फिल्मले हाल चार सयभन्दा बढी ‘सो’ पाएको जानकारी वितरक प्रचण्डमान श्रेष्ठले दिएका छन् र अझै केही हलबाट तथ्यांक आउन बाँकी छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया