Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सलमान खानपछि अब भारतीय अभिनेता शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ। फैजान खान नामका एक व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएर फिरौती समेत मागेका छन्। यसबारेमा मुम्बईको बान्द्रा पुलिस स्टेशनमा औपचारिक उजुरी दर्ता भएको छ।

शाहरुखलाई फोनमार्फत उक्त धम्की आएको र मुम्बई पुलिसले तुरुन्तै छानबिन सुरु गरेको बताइएको छ। घटना छानबिनका लागि मुम्बई पुलिसको एक टिम छत्तीसगढको रायपुरमा समेत पुगेको छ। फैजान खान नामका व्यक्ति विरुद्ध बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ।

धारा ३०८(४) र ३५१(३)(४) अन्तर्गत फैजानविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको भए पनि मुम्बई पुलिसले औपचारिक पुष्टि गर्न भने बाँकी रहेको छ। रायपुरका प्रहरी अधिकारीले मुम्बई पुलिसले फैजानलाई नोटिस पठाएको जानकारी दिएका छन्।

शाहरुख खानलाई यसअघि पनि पटक-पटक धम्की आएको थियो। विशेष गरी उनको फिल्म “पठान” र “जवान” को सफलतापछि यस्ता धम्कीहरू आएका थिए।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया