Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानमा २०२४ मा जन्मदर ७ लाखभन्दा तल झर्ने संकेत सरकारी तथ्यांकले गरेको छ । श्रम तथा कल्याण मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणले जन्मदरमा निरन्तर गिरावटको संकेत गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो ६ महिनामा ३ लाख २९ हजार ९ सय ९८ शिशुको जन्म भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ दशमलव ३ प्रतिशतले घटेको छ । यो तथ्यांकमा जापानमा बसोबास गर्ने विदेशी नागरिकलाई समेटिएको छैन ।

विगतका वर्षहरूमा विवाह नगर्ने वा ढिलो गर्ने बच्चा जन्माउने नचाहने प्रवृत्ति बढेकाले जन्मदर निकै तल झरेको देखिन्छ । यसै अवधिमा, मृत्युको संख्या भने ८ लाख २ सय ७४ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १ दशमलव ८ प्रतिशतले बढेको हो ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले दिएको यो तथ्यांक अनुसार जापानको जनसंख्या लगातार १५ वर्षदेखि घट्दै गएको छ । यसले गर्दा जापानमा जनशक्तिको कमी र सामाजिक सुरक्षा प्रणाली (जस्तै स्वास्थ्य सेवा र पेन्सन प्रणाली)को स्थायित्वमा चुनौती सिर्जना गरेको छ । स्थानीय सरकारी सेवा प्रणालीमा समेत अस्थिरता उत्पन्न हुने खतरा बढेको छ ।

जापान सरकारले यस समस्यालाई सम्बोधन गर्न बाल हेरचाह भत्ता र पितृत्व बिदाको सुविधा बढाउँदै जन्मदर वृद्धि गर्न प्रयास गरिरहेको छ । २०३० को सुरुवाती समयसम्मलाई सरकारले ‘अन्तिम मौका’का रूपमा हेरिरहेको छ, जसको उद्देश्य जन्मदर वृद्धिमा योगदान गर्नु हो ।

सन् २०२३ को पहिलो ६ महिनामा जन्मको संख्या ३ लाख ५२ हजार २ सय ४० थियो भने सो वर्षभरि ७ लाख २७ हजार २ सय ७७ रहेको थियो । यस वर्ष जनवरीदेखि जुनसम्मको अवधिमा विदेशी नागरिक तथा जापानी नागरिकको विदेशमा भएको जन्मलाई समेटेर पनि ३ लाख ५० हजार ७४ जन्म देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ५ दशमलव ७ प्रतिशतले कम हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया