Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – जापानमा बस्दै आएका‘‘भ्लगर’ रतन कार्कीलाई माफी मागेका छन् । हालै काठमाडौंमा सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेलको दौरानमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्न उक्साउने अभिव्यक्ति दिएपछि प्रहरीको निगरानीमा परेका उनले माफी मागेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले खेल हेर्ने क्रममा आक्रोशित भएर त्यस्तो अभिव्यक्ति दिन पुगेको जनाउँदै अन्यथा नलिन आग्रह गरेका छन् । ‘खेल त सबैले हेर्नुभयो होला । हामीले जित्यौ वा हार्यौं, त्यो आफ्नै ठाउँमा छ । सिक्दैछौं । गेमको दौरानमा फ्रस्टेसनको कारण जिब्रो चिप्लिएको हो । मार्नुपर्छ भन्ने शब्द बोल्न पुगेँ । मेरो तात्पर्य गलत भयो । शैली कमेडी भयो । मार्नुपर्छ भन्दा फ्रस्टेसन पोखिएको हो, अलिकति नेगेटिभ इनर्जी भयो । तर यसलाई कुनै पनि पोलिटिकल व्यक्तिहरूले, कुर्सीमा बस्नुभएका व्यक्तिहरूले मलाई नै प्रहार गर्न खोजेको हो भनेर नबुझिदिनुहोला । मेरो इन्टेन्सन त्यस्तो थिएन । म सबैमा माफी माग्न चाहन्छु ’ उनले भिडियोमा भनेका छन् ।

खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै रतन कार्कीले भिडिओ बनाएका थिए । त्यसपछि कार्कीको खोजीमा प्रहरी लागेको हो । उनी जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

यो पनि : ‘भ्लगर’ रतन कार्की प्रहरीको निगरानीमा

तपाईको प्रतिक्रिया