Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – थाई एयर एशियाले आइतबारदेखि बैंकक-भैरहवा सिधा उडान सुरु गरेको छ । सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवा उडान गर्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अनुमति नलिई जहाज नेपाली आकाश प्रवेश गराएको विषयमा थाई एयर एशियाको नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेपछि उडानका लागि बाटो खुलेको हो । व्यावसायिक उडानको अनुमति सकिएको अवस्थामा १ सय ७६ यात्रु जहाजमा राखेर गत आइतबार थाई एयर एशियाको एयरबस काठमाडौं आइपुगेको थियो ।

उक्त घटनाबारे प्राधिकरणले नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर एण्ड ट्राभल्स र यसका संचालक प्रबन्ध निर्देशक परासर प्रसाईंलाई स्पष्टीकरण सोध्दै थाई एयर एशियाको नेपाल उडान अर्को निर्णय नहुञ्जेलसम्मका लागि स्थगन गरेको थियो ।

प्रबन्ध निर्देशक प्रसाईंले गत सोमबार प्राधिकरणलाई यस्तै खाले गल्ती नदोहोर्‍याउने सुनिश्चितता गरेपछि उडानका लागि बाटो खुलेको हो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया