Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानमा साइकल चालकमाथि थप निगरानी गरिने भएको छ । शुक्रबारदेखि लागू भएको एक संशोधित जापानी यातायात कानूनले साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्ने वा मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई जेल सजाय र जरिवानाको प्रावधान ल्याएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संशोधित कानूनअनुसार मोबाइल फोन प्रयोग (कल गर्न, म्यासेज पठाउन वा हेर्न मात्र भए पनि) गरेका व्यक्तिहरूले ६ महिना सम्मको जेल सजाय वा १ लाख येन (लगभग ६ सय ५० अमेरिकी डलर) सम्मको जरिवाना तिर्नुपर्नेछ । यदि यसले दुर्घटना निम्त्याउँछ भने, सजाय १ वर्षको जेल र ३ लाख येन सम्मको जरिवानामा पुग्न सक्नेछ ।

यसअघि, साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई स्थानीय सार्वजनिक सुरक्षा आयोगले ५० हजार येनसम्मको जरिवाना लगाउँथ्यो । संशोधित सडक यातायात ऐनले मादक पदार्थको प्रभावमा साइकल चलाउने व्यक्तिहरूको सजायलाई पनि कडा बनाएको छ । ० दशमलव १५ मिलिग्राम प्रतिलिटर श्वासमा मादक पदार्थ पाइएको साइकल चालकलाई ३ वर्षसम्मको जेल सजाय वा ५ लाख येनसम्मको जरिवाना लगाइनेछ ।

मादक पदार्थ सेवन गरी साइकल चलाउने गम्भीर अपराध पहिले नै कानूनमा समावेश थियो । यस्तो अपराध गर्ने व्यक्तिहरूले ५ वर्षसम्मको जेल सजाय वा १० लाख येन सम्मको जरिवाना तिर्नुपर्ने प्रावधान छ । कानून लागू भएपछि, ओसाका प्रिफेक्चरल प्रहरीले शुक्रबार मादक पदार्थको प्रभावमा साइकल चलाएको आरोपमा एउटा रातो टिकट जारी गरिसकेको छ र अन्य ६ वटा घटनाको अनुसन्धान गरिरहेको छ ।

सन् २०१३ देखि २०१७ सम्ममा मोबाइल फोन प्रयोग गरेर साइकल चलाउँदा २ सय ९५ दुर्घटना भएका थिए, तर पछिल्लो पाँच वर्षमा यो संख्या ५० प्रतिशतले बढेर ४ सय ५४ पुगेको जापानी राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ । ***

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया