Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न नोभेम्बरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुनेछ । दूतावासका अनुसार सिजुओकामा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन हुनेछ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।

सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ । यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले पनि सेवा लिन सक्नेछन् । शिविरमा सेवा लिनका लागि फाराम भर्ने व्यवस्था गरिने र त्यसबारे थप जानकारी गराइने दूतावासले जनाएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया