Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको ५० औं मिनेटमा नै बंगलादेशले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपालको डिफेन्सले क्लियर गर्न नसकेको बललाई मोनिका चक्माले दोस्रो टच लिँदै गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिट गरिन् ।

५६ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । प्रिती राईले मिडफिल्डबाट खेलेको पासमा बंगलादेशको डिफेन्स लाइनबाट गल्ती भएपछि अमिषा कार्कीले बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरिन् ।

खेलको ८२ औं मिनेटमा बंगलादेशले पुन: अग्रता लियो । ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसलाई गोलरक्षक एन्जिलाले बचाउन नसक्दा सिधै गोल भयो । एन्जिलाले एक हातले बचाउन खोजेपनि बल उनको हातमा लाग्दै गोल भएको थियो । त्यसपछि बंगलादेशले बल पोसेसनमा पकड जमाउँदै नेपाललाई आक्रमण बुन्ने अवसर दिएन ।

योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ । अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो ।

दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया