Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ स्थानमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एन्फाले विहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सूचना निकालेसँगै विहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा दर्शक उपस्थित थिए । विहान ८ बजे भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट विक्री सुरु भएको थियो । झन्डै डेढ घण्टामै विक्री गर्न ल्याइएको टिकट सकिएको थियो ।

टिकट सोल्ड आउट भएपनि हजारौंको संख्यामा दर्शक टिकट खरिद गर्न आएका थिए । यसलाई मध्यनजर गर्दै काठमाडौं महानगरले राजधानीको ३ स्थानमा खेल देखाउने भएको छ । राजधानीको टुडिखेल, सानो गौचरनको खेल मैदान र चाबहिल गणेशस्थानमा खेल देखाइने महानगरले जानकारी दियो ।

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुँदैछ । एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत साविक टिकट विक्री गर्दै आएको माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सबाट अधिकार खोसेर २ ठाँउमा आफैं टिकट बेच्ने बताएको थियो ।

तपाईको प्रतिक्रिया