Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – टाइगर ग्रुप अफ पोखरा नेपाल जापान शाखाको आयोजनामा भोलि अक्टुबर ३० तारिख बुधबार टोकियोमा विशेष साँगीतिक धमाका हुने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु ईन्द्र जिसी, ज्योति लोहनी र बन्दना पाण्डेको स्वागतमा डिनर सहितको पत्रकार भेटघाट कार्यक्रम सोमबार साँझ सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्य, यसका तैयारी र संस्थाका पछिल्ला गतिविधि एवं आगामी कार्ययोजना बारे जापानबासी सबैमा जानकारी गराउने उद्देश्यसहित कलाकारहरुको स्वागतमा डिनर सहितको पत्रकार भेटघाट कार्यक्रम टोकियोको शिन-ओकुबोमा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रम संयोजक ध्रुब ज्ञवालीले हालै नेपालमा भएको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपत्तिबाट पीडितहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य, खेलकुदका साथै साँगीतिक क्षेत्रमा पनि नियमित कार्यक्रमहरु गर्दै जाने टाईगर ग्रुपको नीति रहेको जानकारी दिए । संयोजक ज्ञवालीका अनुसार कार्यक्रम शिन-कामाता हलमा भोलि अपरान्ह साढे ४ बजेबाट सुरु हुने छ ।

बडादशैं र दीपावलीको अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोकबिधाका ३ जना स्थापित कलाकारहरुका साथै जापानमै कर्मभूमि बनाएका परदेशी गायक सूर्य खड्का र तन्नेरीपुस्ताका उदयीमान गायकद्वय प्रथम गुरुङ एवं विपिन गुरुङको विशेष साँगीतिक प्रस्तुती रहने टाइगर ग्रुप जापानले जनाएको छ ।

सो अवसरमा बोल्दै गायक ईन्द्र जिसीले भने- ‘३२ वर्षे साँगीतिक यात्राका क्रममा जापानमा पहिलोचोटी पाइला टेक्न पाएको छु, यहाँहरुले नै मन पराईदिनुभएका थुप्रै लोकसुसेली तथा साँगीतिक कोसेली लिएर हामी जापान आएका छौं, विदेशमा बसेर पनि नेपाली गीत-संगीतलाई माया गरिदिनुभएको छ र त हामी कलाकार भएर चिनिन पाएका छौं, ३० तारिख हुने कार्यक्रममा यहाँहरुको उत्साहजनक उपस्थिति रहने छ भन्नेमा हामी पूरै विश्वस्त छौं ।’

यसैगरी गायिका ज्योति लोहनीले जापानबासी नेपालीहरुको गीत-संगीतप्रतिको रुझान सह्रानीय रहेको बताउँदै भनिन् – ‘जापानबासी दर्शक-श्रोताहरुको मनोविज्ञान बुझेर हामीले हाम्रा प्रस्तुतीहरु राख्ने छौं, जापानका दोहोरीका पारखी स्वल्टीहरुसंग भाकामा भाका मिलाउँदै दोहोरीको घम्साघम्सी पनि गर्ने छौं । त्यसैले यो पृथक खालको कार्यक्रममा उपस्थितिका लागि सबैमा चुल्हे निम्ता गर्न चाहान्छौं, यहाँहरुलाई भरपुर मनोरञ्जन दिलाउन हामी पूरै प्रतिबद्ध छौं ।’

यसैगरी अर्की गायिका बन्दना पाण्डेले सपनाको सहर जापानमा पाइला टेक्ने अवसरका लागि आयोजकलाई धन्यबाद दिदैं भनिन् -‘जापानका दर्शक-श्रोताहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नु आफ्नो कर्त्तब्य भएकोले त्यसका लागि हामी अधिकतम प्रयास गर्नेछौं । कृपया हाम्रो प्रस्तुती पनि एकचोटी अवलोकन गरेर हामीलाई हौसला प्रदान गर्नुहुन गीत-संगीतप्रेमी जापानबासी नेपाली दाजुभाइदिदीबहिनीहरुमा विनम्र अपिल गर्न चाहान्छौं ।’

कार्यक्रममा बोल्दै आयोजक संस्थाका संरक्षक श्री गुरुङले जापानको नेपाली समुदायमा नयाँ परिचय बनाउँदै गरेको टाइगर ग्रुपले शिक्षा, स्वास्थ्य, खेलकुदका साथै साँगीतिक क्षेत्रमा पनि समय समयमा विभिन्न गतिविधि गर्दै जाने योजना रहेको बताए ।
संस्थाका अध्यक्ष चन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुलाई अध्यक्ष खत्रीका साथै सल्लाहकार बिनोद शेरचनद्वारा खादार्पण गरी स्वागत गरिएको थियो भने मनोनित नयाँ सल्लाहकारद्वय शिवहरि पौडेल र बिकास श्रेष्ठका साथै नयाँ सदस्य तर्कबहादुर थापालाई संस्थागत परिचयपत्र प्रदान गरी औपचारिकरुपमा संस्थामा स्वागत गरिएको थियो । उक्त कार्यक्रम संस्थाका सचिव भिक्टर ठाडा मगरले सञ्चालन गरेका थिए । ***

तपाईको प्रतिक्रिया