Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानको होक्काइदो क्षेत्रमा दुई नगरमा अत्यधिक सङ्क्रामक बर्ड फ्लु भाइरस फेला परेपछि देशव्यापी चेतावनी जारी गरिएको छ। वातावरण मन्त्रालयका अनुसार, यो भाइरस ओटोब नगरमा सेप्टेम्बर ३० मा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जङ्गली हाँसको समूहमा पाइएको थियो ।

मन्त्रालयले देशभरका जङ्गली चराहरूको कडा निगरानी गर्न र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पङ्क्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मन्त्रालयले मृत चरा नछुन र चराको शङ्कास्पद मृत्युवारे स्थानीय अधिकारीलाई तुरुन्त जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

हालसम्म जापानका विभिन्न क्षेत्रमा बर्ड फ्लुका थुप्रै सङ्क्रमणहरू रिपोर्ट भइसकेका छन्। त्यसकारण मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्याएको छ। साथै प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ ।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया