Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख हरिहरकान्त पौडेल, एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, जापान भ्रमणका क्रममा रहेका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली लगायतले एनआरएन डे, बडा दशैं, दीपावली, नेपाल सम्वत, छठ लगायतका पर्वहरुको उपलक्षमा शुभकामना ब्यक्त गरेका थिए । सो अवसरमा केक काटेर सबै पर्वहरुको उपलक्ष्यमा एकमुष्ट खुशीयाली मनाईएको थियो ।

एनआरएन जापानका अध्यक्ष नविन निउरेको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन महासचिव टिकाराम खरेलले गरेका थिए ।

कार्यक्रमको अन्तमा, समापन मन्तब्य राख्दै अध्यक्ष निउरेले ‘एनआरएन डे’ लगायत सबै पर्वहरुको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुका साथै विभिन्न भूमिकामा रहेर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैप्रति धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा जापानमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियान्ता, ब्यवसायी, विद्यार्थी तथा सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।***

तपाईको प्रतिक्रिया