Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – टेलिसिरिल ‘जिरे खुर्सानी’ बाट सानो पर्दाका दर्शकमाझ हास्य कलाकारका रूपमा स्थापित भएका जितु नेपाल पछिल्लो समय भने ठूलो पर्दामा व्यस्त छन्। फिल्म ‘छ एकान छ’ देखि दीपकराज गिरी क्याम्पका फिल्ममा हास्य कलाकारका रूपमा अहमभूमिका निर्वाह गर्दै आएका नेपाल पछिल्लो समय भने दीपक टिमसँग छैनन् ।

दसैंको छेको पारेर दीपकले ल्याउन लागेको फिल्म ‘छक्का पन्जा ५’ मा जितु देखिने छैनन्। तर सोही मितिमा भने उनी हलमा दर्शकसँगै हुनेछन्, ‘ज्वाइँसाब’ मार्फत। अर्थात्, नीति शाहसँग जितुको अनस्क्रिन जोडी जमाउँदै निर्देशक वसन्त निरौलाले बनाएको फिल्म ‘ज्वाइँसाब’ र ‘छक्का पन्जा ५’ असोज २४ मा एकै दिन प्रदर्शन हुने भएको छ। कतिपयले व्यावसायिक रूपमा सफल ‘छक्का पन्जा ५’ सँग जुधेर ‘ज्वाइँसाब’ ले आफ्नै खुट्टामा बञ्चरो हान्न तम्सेको टिप्पणी पनि गरेका छन्।

लगातार दसैंको छेकोमा फिल्म ल्याइरहेका दीपकसँगको इगोकै कारण जितुले जबर्जस्ती ‘ज्वाइँसाब’ लाई सोही मितिमा जुधाएको आरोप पनि उत्तिकै छ। त्यसो त जितुले उक्त आरोपको खण्डन गरिरहेका छन्। जितु र नीतिबाहेक बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, शिशिर वाङ्देल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको समेत अभिनय रहेको ‘ज्वाइँसाब’ मा निशान भट्टराई र समीक्षा अधिकारीले गाएको ‘कसम बत्तीको’ गीत चर्चामा छ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया