Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाई दिएको छ । प्रतिकूल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन सकेनन् । समर्थकहरूले मुद्दा दोहोर्याउन गरेको एक दशक लामो अभियानपछि उनलाई अदालतले सफाइ दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनको ९१ वर्षीया दिदीले हाकामादालाई निर्दोष घोषणा गर्ने सिजुओका जिल्ला अदालतका न्यायाधीशसमक्ष गहिरो सम्मान व्यक्त गरिन् । हाकामादाले सन् १९६८ मा आफ्नो मालिक, मालिकको श्रीमती र उनका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानकर्ताले बनावटी प्रमाण सङ्कलन गरेको र मानसिक र शारीरिक पीडा दिएर अमानवीय ढङ्गबाट सोधपुछ गरी बयान दिन बाध्य पारेको र त्यसैको आधारमा उनलाई मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको बिहीबारको फैसलामा उल्लेख छ । ‘अभियोजन पक्षले प्रतिवादीको ‘मौन रहने अधिकार’लाई प्रभावकारी रूपमा उल्लङ्घन गरेर उहाँको बयान प्राप्त गरेका थिए,’ फैसलामा भनिएको छ ।

यस मुद्दाको फैसला सुन्न सयौं मानिसहरू बिहान अदालतमा जम्मा भएका थिए । ‘म अभियोजकको कार्यालयमा गएँ र भनेँ म १०० वर्षको नभएसम्म हामीलाई लड्न बाध्य नबनाउनुहोस्,’ फैसलाअघि हिँडेकोले सञ्चारकर्मीसँग भने ।

मृत्युदण्डको सजाय कायम राख्ने संयुक्त राज्य अमेरिकाबाहेक जापान एक मात्र प्रमुख औद्योगिक लोकतन्त्र हो, जसलाई व्यापक सार्वजनिक समर्थन गरिएको छ । जापानको युद्धपछिको इतिहासमा पुनःमुद्दा चलाउने पाँचौँ मृत्युदण्डको सजाय सुनाइएको कैदीमध्ये हाकामादा एक हुन् । यसभन्दा अघिल्लो सबै चारवटा मामिलाहरू पनि निर्दोष ठहरिएका थिए ।

सन् २०१८ मा एएफपीलाई निर्दोष साबित गर्ने आफ्नो लडाइँको वर्णन गर्दै हाकामादाले आफूले ‘हरेक दिन एउटा लडाइँ लडिरहेको’ महसुस गरेको बताए । समर्थकहरूले बिहीबार उनको टेलिभिजनको रिमोट कन्ट्रोलबाट ब्याट्रीहरू निकालिदिएकाले हाकादामालाई आफ्नो मुद्धाको फैसलाबारे ज्ञान नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वोच्च अदालतले सन् १९८० मा हाकामादालाई मृत्युदण्डको सजाय दिएको थियो तर उनका समर्थकहरूले मुद्दा पुनःदोहोर्याउन दशकौँसम्म सङ्घर्ष गरे । सन् २०१४ मा मुद्दा पुनः सुरू गर्न अदालतबाट स्वीकृत भएपछि हाकामादा जेलबाट रिहा भए । यद्यपि, मुद्दा पुनः सुरू हुन गत वर्षसम्म लाग्यो । ‘यति लामो समयसम्म, हामीले अनन्त लडाइँ लडेको महसुस गरेको छौँ’, हिँडेकोले जुलाईमा भनेका थिए ।

हाकामादाले सुरूमा सन् १९६६ मा पीडितलाई लुटेको र हत्या गरेको कुरा अस्वीकार गरेका थिए तर, पछि प्रहरीको क्रूर सोधपुछपछि उनले कसुर स्वीकार गरे । ‘फ्री हाकामादा नाउ’ भन्दै टी-शर्ट लगाएका समर्थक अत्सुसी जुकेरानले अदालत बाहिर भने, ‘यो मुद्दा जापानको आपराधिक न्याय प्रणाली कसरी परिवर्तन हुनुपर्दछ भन्ने पीडादायी सम्झना हो ।’

‘यो सङ्घर्ष कति लामो समयसम्म चलेको हो भन्ने कुरालाई ध्यानमा राख्दै मेरो एउटा अंशले निर्दोष मुक्तिको उत्सव पूर्ण रूपमा मनाउन सक्नेछैन, जुकेरानले भने ।

‘हाकामादाको मुद्दा जापानको तथाकथित ‘बन्धक न्याय’ प्रणालीको अनगिन्ती उदाहरणमध्ये एक मात्र हो,’ ह्युमन राइट्स वाचका एसिया कार्यक्रम अधिकारी टेप्पी कसाईले फैसलाअघि बताए ।

एम्नेस्टी इन्टरनेसनलले अदालतको यो फैसलाबाट ‘अत्यधिक खुसी’ भएको बताएको छ । ‘लगभग आधा शताब्दीको गैरन्यायिक कारावास र उनको मुद्दा दोहोर्याउनका लागि गरिएको थप १० वर्षको प्रतीक्षापछि यो फैसला उनले आफ्नो जीवनको अधिकांश समयमा भोगेका गहन अन्यायको महत्त्वपूर्ण मान्यता हो,’ समूहका पूर्वी एसिया अनुसन्धानकर्ता बोरम जाङले विज्ञप्तिमा भने ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया