पाँच लाख रुपैयाँसहित पलेशा गोवर्द्धनलाई कांग्रेसको सम्मान
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसले पेरिस प्यारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउने पलेशा गोवर्धनलाई रु ५ लाखसहित सम्मान गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पलेशालाई सो रकमको चेक हस्तान्तरण गरे।
पलेशाले पेरिस पारा ओलम्पिक २०२४ को के–४४ तेक्वान्दो विधाअन्तर्गत ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन्।
२१ वर्षीय पलेशा हाल चीनमा आर्किटेक्चरको अध्ययन गरिरहेकी छन्। नेपालको ओलम्पिक्स इतिहासमा पहिलो पटक पदक जितेकी उनलाई सरकारले कर नकटाई रु ६५ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ भने अन्य विभिन्न संस्थाहरूले पनि थप पुरस्कारको घोषणा गरेका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।