नागोया – जापानको नागोया शहरमा वृहत् तीज फेस्टिभल सम्पन्न भएको छ । गत वर्षहरूमा कोठा, रेस्टुरेन्ट तथा हलमा तीज कार्यक्रम गरिँदा धेरै साँगुरो हुने गरेको हुँदा यसपालि खुल्ला ठाउँमा तीज फेस्टिभल आयोजना गरिएको हो ।
आयोजक समितिका संयोजक दीपक कार्कीकाअनुसार कार्यक्रम सेप्टेम्बर १ तारिख आइतबार सम्पन्न भएको थियो । कार्यक्रमको आयोजक संस्था ‘द ब्रोदरस् इन्टरटेमेन्ट’ जापान रहेको थियो ।आगामी वर्षहरूमा यसपालि भएका कमी कमजोरी बाट सिक्दै अझैँ भव्य तीज कार्यक्रम गर्ने आयोजक समितिका सदस्य एवं कलाकार श्याम शीतलले बताए । कार्यक्रममा नेपालीहरू मात्र नभई जापनिज अनि विदेशीहरू पनि तीज फेस्टिभलमा रमाई रहेका देखिन्थे ।
फेस्टिभल लाई विशेष बनाउन नेपालबाट कलाकारहरू रामजी खाँड, समीक्षा अधिकारी, रुपा घर्ती मगर लगायत कलाकारहरूले दमदार प्रस्तुति दिएका थिए । सांगीतिक प्रस्तुति चलिरहँदा वर्षा हुँदा पनि नेपाली चेलीहरू भिजेरै भए पनि सांगीतिक माहौलमा मस्त देखिन्थे ।