काठमाडौं – २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले मैनालीको पुस्तकलाई मदन पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मैनालीको पाँचौँ पुस्तक ‘मुकाम रणमैदान’ नेपाल-अंग्रेज युद्धको इतिहास हो । यसअघि उनका ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।
बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा-श्री २०८० पुरस्कारबाट सम्मान गर्ने भएको छ । यादव भाषाशास्त्री हुन् । सिरहाका स्थायी बासिन्दा रहेका प्राध्यापक यादवको सम्पादनमा भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित समेत छन् ।
२०८० को मदन पुरस्कारका लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।
samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: शुक्रबार भदौ १४, २०८१
प्रकाशित समय: १७:२७:३५