Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपाल समूह ‘ए’ को विजेता समेत बनेको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो।

समूह ‘ए’ को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भए। निराजन धामी र समिर तामाङको गोलले नेपालले २–० को अग्रता बनायो, जबकि बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा इस्लामको गोलमार्फत एक गोल फर्कायो।

हारे पनि बंगलादेश समूह उपविजेता बन्यो र सेमीफाइनलमा प्रवेश गर्‍यो। श्रीलंका भने दुई खेलमा पराजित भई समूह चरणबाट बाहिरिएको छ। नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने। बंगलादेश भने समूह ‘बी’ को विजेतासँग भिड्नेछ। समूह ‘बी’ मा भारत, भुटान र मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ। त्यसको अन्तिम निर्णय शुक्रवार भारत र मालदिभ्सबीचको खेलले गर्नेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया