Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज समूह ‘बी’ मा रहेका भुटान र माल्दिभ्सको खेल हुँदैछ। यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

दुवै टिम पहिलो जितको खोजीमा मैदानमा उत्रिनेछन्। भुटानले पहिलो खेलमा भारतसँग १–० ले पराजय भोगेको थिय। जसले गर्दा सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न आजको खेलमा जित्नैपर्ने दबाबमा छ। माल्दिभ्सले भने आज आफ्नो पहिलो खेल खेल्दैछ। ऊ भुटानलाई पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ। माल्दिभ्सले अहिलेसम्म सेमिफाइनलमा स्थान बनाउन सकेको छैन भने भुटानले एकपटक उमेर समूहको साफ सेमिफाइनलमा खेलिसकेको छ।

यस प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया