Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – पेरिस ओलम्पिकमा ९१ देशले पदक जितेका छन् । गएराती सम्पन्न पेरिस ओलम्पिकपछि शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काश्य पदक जितेर शीर्ष स्थानमा रह्यो भने अमेरिकालाई पछ्याउँदै चीन ४० स्वर्ण, २७ रजत र २४ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । जापान २० स्वर्ण, १२ रजत र १३ काश्य पदकसहित तेस्रो स्थानमा रह्यो भने अस्ट्रेलिया १८ स्वर्णसहित १९ रजत र १६ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ काश्य पदक जितेर पाँचौँ स्थानमा रहेको छ ।नेदरल्याण्डसले १५ स्वर्ण ७ रजत र १२ काश्य पदकसहित छैठौं स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ काश्य पदकसहित सातौँ स्थानमा रहेको छ । दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० काश्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ काश्य पदक जितेको छ । जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेको छ भने न्यूजील्याण्डले १० स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ । क्यानडाले ९ स्वर्ण, ७ रजत र ११ काश्य पदक जितेको छ भने उज्बेकिस्तानले ८ स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ ।

हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेको छ भने स्पेनले ५ स्वर्ण ४ रजत र ९ काश्य पदक जितेको छ । स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले ४-४ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले ३-३ स्वर्ण पदक जितेका छन् । डेनमार्क, अजरबैजान, क्रोएसिया, क्युबा, बहारान, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इन्डोनेसियाले २-२ स्वर्ण पदक जितेका छन् ।इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रिका, थाइल्याण्ड, इथोपिया, स्वीजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रीस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमीनिका, पाकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् ।

टर्की, मेक्सिको, अर्मेनिया, कोल्मबिया, काजकिस्तान, उत्तर कोरिया, लिथुआनिया, कोसोभो, साइप्रस, फिजी, जोर्डन, मंगोलिया, पानामा, ताजकिस्तान, अल्बानिया, ग्रेनाडा, मलेसिया, पुरेटो रिको, काबो भेर्डो, रिफ्युजी ओलम्पिक टिम, पेरु, कतार, सिंगापुर, स्लोभाकिया र जाम्बियाले पेरिस ओलम्पिकमा पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया