Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक–२०२४ अन्तर्गत म्याराथनमा ७९ औं स्थानमा छिन् । आइतबार पेरिस ओलम्पिकको अन्तिम दिन म्याराथनमा सन्तोषीले निर्धारित दुई २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पार गर्दै ७९ औं स्थानमा रहेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुल ९२ जना प्रतिस्पर्धी रहेको म्याराथनमा नेदरल्यान्डस्की सिफन हसनले स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुई २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् । हसनले पेरिस ओलम्पिकमा ५ हजार, १० हजार र म्याराथनका तीन विधामा स्पर्धा गरेकी थिइन् ।

म्यारनथमा इथियोपियाका टिग्स्ट हसिफाले रजत र केन्याकी हेलेन ओविरीले कास्य पदक जितिन् । म्याराथनको तयारीका लागि सन्तोषी साउन १५ गते पेरिस पुगेकी थिइन् । १० दिन पेरिसमा नै अभ्यास गरेकी थिइन् । योसँगै ओलम्पिकमा नेपालको सबै चुनौती सकिएको छ ।

ओलम्पिकमा नेपालका ६ खेलाडीले सहभागिता जनाएर फर्किसकेका छन् । ओलम्पिकमा ५ खेलका ६ खेलाडीले नेपालको प्रतिनिधित्व गरेका छन् । त्यसमा पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए । शाह बाहेक टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया