Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्लो समय डेङ्गी र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी संक्रमितहरूको संख्या ३,०८४ पुगेको छ। पछिल्लो चार दिनमा मात्र ७२२ नयाँ डेङ्गी संक्रमित थपिएका छन्। साउन २१ गतेसम्म २,३६५ जनामा डेङ्गी पुष्टि भएको थियो, जसले शुक्रबारसम्म यो संख्या ३,०८४ मा पुगेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए।

डा. दाहालका अनुसार, मुस्ताङ, डोल्पा, जुम्ला, र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी फैलिएको छ। सबैभन्दा धेरै तनहुँमा ५८३ जनामा, काठमाडौंमा ३०७, कास्कीमा १६६, र झापामा १३५ जना संक्रमित देखिएका छन्। स्वास्थ्य मन्त्रालयले डेङ्गी संक्रमितहरूको संख्या बढ्दै गएपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयहरूमा र अस्पताल परिसरमा सरसफाइ गर्न र ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयले सरकारी अस्पतालमा डेङ्गी बिरामीहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ।

यसैगरी, महाशाखाका अनुसार हैजाका संक्रमितहरूको संख्या ४७ पुगेको छ। डा. दाहालका अनुसार, ललितपुर, काठमाडौं, प्यूठान, कैलाली, र रुपन्देहीमा हैजा फैलिएको छ, जसमा ललितपुरमा ३४, काठमाडौंमा २, कैलालीमा ८, प्यूठानमा २, र रुपन्देहीमा १ जना हैजा संक्रमित छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया