Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – ६ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर २९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ब्युरोले बिहीबार (आज) पत्रकार सम्मेलन गरी ६ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौं आएको अनुसन्धानका क्रममा पाइएको ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

विमानस्थलस्थलमा खटिएको ब्युरोको टोलीले साधारण जाँचका क्रममा शंका लागेपछि उनको सुटकेट तलासी लिएको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब २१ करोड आठ लाख पर्ने प्रहरीको अनुमान छ । उनीमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लागुऔषध अपराधमा संगठित गिरोह लागेको प्रहरी वरिठ उपरीक्षक आचार्यले बताए । नेपाल हुँदै भारत लैजाने उद्देश्यका साथ उक्त कोकिन काठमाडौं ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘यसअघि ब्राजिल र अफ्रिकी मुलुकबाट कोकिन ल्याएको भेटिन्थ्यो, त्यतिबेला बढी मात्रामा कोकिनको क्याप्सुल खाएर आउँथे’, उनले भने, ‘तर अहिले युरोपेली मुलुक लाटभिया, फ्रान्स र कतारको दोहा हुँदै नेपाल ल्याएको अवस्था हो ।’

प्रारम्भिक अनुसन्धानबाट दोहा विमानस्थलबाट कोकिन बोकेर आएको हुनसक्ने देखिएको छ । लागुऔषध कारोबारीले पछिल्ला समय नेपाललाई अवैध लागुऔषध ओसारपसारको ‘ट्रान्जिट’ बनाउन खोजेको विभिन्न घटनाले देखाउँछ । यसअघि प्रहरीले गत असार ३० गते ठमेलस्थित एक होटेलबाट पाँच किलो ८२० ग्राम कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया