Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – पेरिस ओलम्पिकमा कुस्तीमा ५० किलो तौल समूहको फाइनलअघि अयोग्य करार भएपछि भारतीय कुस्तीबाज विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले कुस्तीलाई ‘अलबिदा’ भनेकी छिन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विनेशले लेखेकी छिन्, ‘आमा, मलाई कुस्तीले जितेको छ, मैले हारेँ । माफ गर्नुहोला, तपाईंको सपना, मेरो हिम्मत सबै चकनाचुर भएको छ । अब योभन्दा धेरै तागत छैन ।’ फाइनलमै हार बेहोरे पनि उनले रजत जित्ने सुनौलो अवसर थियो । उनी ओलम्पिकको कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय खेलाडीसमेत हुन् ।

५० केजी समूहमा प्रतिस्पर्धा गरेकी विनेशको तौल नाटकीय रूपमा बुधबार बिहान एक सय ग्राम बढ्यो । जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले उनलाई ‘डिसक्वालिफाइड’ गर्नुपर्ने अवस्था आयो र उनी फाइनल खेल्न अयोग्य भएकी थिइन् । विनेशले अगाडि लेखेकी छिन्, ‘अलबिदा कुस्ती २००१-२०२४ । म तपाईंहरू सबैको ऋणी हुनेछु, माफी !’

तपाईको प्रतिक्रिया