Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो । अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ । इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरूवात राम्रो गर्यो । नेपाली टिमले आमविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५-२१ ले हरायो ।

नेपालले खेलमा एक शुन्यको अग्रता बनायो । दोस्रो सेट नाटकीय बन्यो । नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४-२१ को अग्रता बनायो । इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो ।‌ तर नेपालले लगातार तीन अंक जोडेर खेललाई २४-२४ मा पुर्यायो । संगठित प्रदर्शनमा नेपालले यो सेट २८-२६ ले जित्दै खेलमा दुई शुन्यको स्पष्ट अग्रता बनायो ।

तेस्रो सेट सुरूवात मा प्रतिस्पर्धात्मक बन्यो । तर नेपालले इरानलाई मौका नै दिएन र २५-२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो ।

नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन।  अब भोलि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ ।

फाइनल खेल भोलि साँझ पाँच बजे हुनेछ । इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो एक बजे प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया