Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ कास्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ कास्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्णसहित १२ रजत र ८ कास्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ कास्य पदकसहित पाँचौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वर्णसहित ५ रजत र ११ काश्य पदक जितेको छ । त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ कास्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको छ ।

न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३–३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेडऱ्े, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।

तपाईको प्रतिक्रिया