Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको सातौँ मिनेटमा नै जाभी सिमोन्सको गोलमा नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । सिमोन्सले १८ यार्ड बक्स बाहिरबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेका थिए ।

तर, नेदरल्यान्ड्सको यो अग्रता लामो समय टिक्न सकेन । १८औँ मिनेटमा कप्तान ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि इंग्लिस टिम खेलमा फर्किएको थियो । नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले १८ यार्ड बक्सभित्र ह्यारी केनमाथि नै फाउल गरेपछि इंग्ल्यान्डले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टी जितेको थियो । जसमा केनले कुनै गल्ती गरेनन् ।

निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रतामा राखे । कोल पाल्मेरको पासलाई नियन्त्रणमा राख्दै वाट्किन्सले पेनाल्टी बक्सबाट आकर्षक गोल गरे । इंग्ल्यान्डले दोस्रो हाफमा डच टिमविरुद्ध यो नै एकमात्र ‘अन टार्गेट’ प्रहार थियो । वाट्किन्सले ८१औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए ।

वाट्किन्सको यही गोल निर्णायक बन्दा ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टिम लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । त्यसअघि खेलको ८०औँ मिनेटमा बुकायो साकाले गोल गरे पनि भारबाट खारेज हुँदा इंग्ल्यान्ड अग्रता लिनबाट चुकेको थियो ।

इंग्ल्यान्डले अब उपाधिका निम्ति स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध २-१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

इंग्लिस टिमले युरो-२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निराश बन्दा इंग्ल्यान्डले उपविजेतामा चित्त बुझाएको हो । सन् १९६८ देखि युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै आएको भए पनि इंग्ल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।

तपाईको प्रतिक्रिया