Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दाबेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एमबाप्पेको फ्रान्स भिडेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, पेनाल्टी सुटआउटमा फ्रान्सले ५-३ गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । शुक्रबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले गोलको खडेरी तोड्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।जसमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । फ्रान्सका ओस्मन डेम्बेले, युसुफ फोफाना, जुलेस कुन्डे, ब्राड्ली बारकोला र थियो हर्नान्ड सबैले गोल गरेका थिए ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो, बनान्डो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जाओ फ्लेक्सको प्रहार बारमा लागेर बाहिरिँदा टिम नै प्रतियोगिताबाट बाहिर पुग्यो । अब सेमिफाइनलमा फ्रान्सले स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । स्पेनले घरेलु टोली जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

तपाईको प्रतिक्रिया