Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ पाइलट विजय लामाको उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीन साता अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने गतिविधि गरेको भन्दै लामालाई उडानमा रोक लगाएको थियो । लामा वाइडबडी ए ३३० को आइपी पाइलट हुन् । उनलाई प्राधिकरणले २५ हजार जरिवाना तिराएर प्रतिबन्ध फुकुवा गरेको हो । प्राधिकरणका अनुसार लामाले अब हवाई सुरक्षामा आँच आउने गतिविधि नगर्ने प्रतिबद्धता गरेका छन् ।

लामाले आफूले नियत नै राखेर कुनै पनि काम नगरेको तर त्यसले हवाई सुरक्षामा आँच आउन सक्ने प्राधिकरणको ठहरलाई सम्मान गर्ने समेत बयानमा बताएका थिए । लामाको प्रतिबद्धतापछि उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको प्राधिकरणको भनाइ छ । क्याप्टेन लामा ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको लङ हल रुटअन्तर्गत जापान, हङकङ लगायतका उडान प्रभावित भएको थियो ।

निगममा वाइडबडी जहाजका लागि कुल आठ जना क्याप्टेन र पाँच को(पाइलटमध्ये यसअघि नै ३ जना वरिष्ठ क्याप्टेन ग्राउण्डेड छन् । जहाज सी(चेक प्रक्रियामा नागरिक उड्डयन प्राधिकरणको नियम नै उल्लंघन गरेको भन्दै थप दुई जना क्याप्टेन अहिले निलम्बित छन् । निगमको वाइडबडी जहाजका क्याप्टेन सुवास रिजाल स्वास्थ्यका कारण ग्राउण्डेड छन् भने क्याप्टेन श्रवण रिजाल वाइडबडी खरिद प्रकरणका कारण ग्राउण्डेड छन् ।

तपाईको प्रतिक्रिया