Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्ला तीन दिनमा अस्ट्रेलियाली क्रिकेट टोलीले लगातार तीन ठूला झट्का बेहोरेको छ। पहिलो झट्का आइतबार आएको थियो, जब दक्षिण एसियाली टोली अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गर्दै ऐतिहासिक उलटफेर गर्यो। सोमबार राति, अस्ट्रेलिया भारतसँग २४ रनले पराजित भयो, जसले अस्ट्रेलियाको विश्वकप यात्रा संकटमा पार्‍यो। यस पराजयले सन् २०२३ को वान डे विश्वकपमा भारतले अस्ट्रेलियासँगको हारको बदला पनि पूरा गर्‍यो।

तेस्रो झट्का मंगलबार परेको हो, जब अफगानिस्तानले बंगलादेशलाई पराजित गर्दै अस्ट्रेलियालाई टी-२० विश्वकपबाट बाहिर पठायो। अफगानिस्तानको जितले अस्ट्रेलियाको विश्वकपको आशा समाप्त गरिदियो। खेलको क्रममा, अफगानिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार विकेट लिएर सम्झनलायक जित हात पारे।

यससँगै, टी-२० विश्वकपका सेमिफाइनलका चार टोलीहरू तय भएका छन्। अफगानिस्तानले २७ जुनमा पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्नेछ भने भारतीय टोलीले दोस्रो सेमिफाइनलमा इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।मंगलबारको खेलमा, अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ११५ रन बनायो। जवाफमा बंगलादेशको टोली १७.५ ओभरमै १०५ रनमा अलआउट भई पराजित भयो। बर्षाका कारण बंगलादेशलाई १९ ओभरमा ११४ रनको लक्ष्य दिइएको थियो।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया