Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम धमाधम भइरहेको छ । एक वर्षभित्र सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ)को काम भइरहेको आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ ।

आयोजनाको तीन चौथाइ काम सकिएको छ । ‘छिचोलिएको सुरुङको ‘लाइनिङ’ को काम दुई तिहाइ सम्पन्न भइसकेको छ । सुरुङको कुल लम्बाइमध्ये अब ‘लाइनिङ’ गर्न पाँच सय मिटर मात्र बाँकी छ । आपत्कालीन सुरुङमार्गको ‘लाइनिङ’ गरिने छैन,’ उनले भने ।

मुख्य सुरुङमार्ग र आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ क्रमशः दुई हजार ६८८ मिटर र दुई हजार ५५७ मिटर छ । सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।

प्रवक्ता कोइरालाका अनुसार चौडाइ (क्यारिज-वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग भइरहेको छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको हो ।

त्रिभुवन राजपथदेखि सुरुङमार्गसम्म जोड्नका लागि बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर पदम शर्माले जानकारी दिए । फ्लाइओभरको स्टिलको गडर राख्ने काम सम्पन्न भई नटबोल्ट कस्ने काम भइरहेको छ । एक लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको हुने छ । एउटा लेनको चौडाइ ३.५ मिटरको हुने छ । सो फ्लाइओभरबाट करिब तीन किलोमिटर पहुँचमार्ग (एप्रोच रोड)मार्फत सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलमा पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया