Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु बढ्ने चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेकाले डेंगु फैलने सम्भावना बढेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मनसुनसँगै लामखुट्टेको प्रजनन अनुकूल भई सङ्क्रमितको सङ्ख्या बढ्न सक्छ। गत ६ महिनामा ७२ जिल्लामा १२४१ डेंगुका बिरामी फेला परेका छन्। डेंगुका मुख्य लक्षणहरूमा उच्च ज्वरो, जोर्नी र मांसपेशीको दुखाइ, आँखाको गेडी दुख्ने, राता विमिरा, वाकवाकी वा वान्ता हुनु पर्दछन्।

मन्त्रालयले तुरुन्त उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा जान अनुरोध गरेको छ। डेंगु न्यूनीकरणका लागि सातै प्रदेश र स्थानीय तहमा द्रुत प्रतिकार्य समिति तयार अवस्थामा राखिएको छ। रोग निदान किट, औषधि उपचार, र आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखिएको छ।

लामखुट्टेको टोकाइबाट बच्न पानी जम्न नदिने, झ्याल ढोकामा जाली राख्ने, झुलको प्रयोग गर्ने, र पुरै शरीर ढाक्ने लुगा लगाउने सुझाव दिइएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया