Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ उडान गर्न दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन् । वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर चालक आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै चालक रहेका छन् । मौजाद चालकमध्ये चार जना वरिष्ठ चालक निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ ।’

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना चालक आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै चालक रहेको उनले बताए । प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय उड्डयन नियम अनुसार एक जना पाइलटले दैनिक अधिकतम १० घण्टा र एक महिनामा एक सय घण्टा मात्रै उडान गर्न पाउने नियम रहेको छ । उक्त नियम अनुसार लगातार १० दिन आफ्नो पूरा क्षमतामा उडान भर्ने चालक महिनाको २० दिन खाली बस्नु पर्छ ।

पहिलेदेखि नै चालक अभाव झेल्दै आएको निगमले हाल चार जना अनुभवी चालक निलम्बनमा रहेपछि त्यसको असर काठमाडौँ-हङकङ-काठमाडौँ उडानमा देखिएको छ । निगम स्रोतका अनुसार हप्तामा तीन दिन काठमाडौँ-हङकङ उडान गर्दै आएको निगमले असार ११ गतेयताका सबै उडान कटौती गरेको छ । अब निगमले असार ११ र १५ गते मात्रै काठमाडौँ-हङकङ उडान गर्ने तालिका रहेको छ ।

समस्या कहाँ छ ?
लामो समय बोइङ विमान उडाएको एनएसीले एअरबससँग चार वटा नयाँ विमान किनेर ल्याएदेखि नै सोही अनुसारका तयारी नथाल्दा पाइलट अभावको समस्या कायमै रहेको जानकारहरूको मत पाइन्छ ।

‘ए३३० र ए३२० किन्ने तयारी हुने बित्तिकै त्यसै गरी पाइलटको योजना बनाएर काम गर्नुपर्थ्यो । त्यतिखेर देखा परेको संकट अझै टरेको छैन,’ एनएसीका जना सेवानिर्वित्त क्याप्टेन वाईके भट्टराई भन्छन्, ‘वायुसेवाले नियमित भर्नाको प्रक्रिया चल्ने गरी पाइलटको समूह बनाउनुपर्ने हो । तर हामीकहाँ विमान आइसक्दा पनि पाइलटको टुङ्गो भइरहेको पाइँदैन ।’

साना विमान समेत रहेको एनएसीका हकमा राम्रोसँग व्यवस्थापन गर्न जान्दा आफ्नै प्रतिबद्ध पाइलटहरूको नियमित चक्र व्यवस्थापन गर्दै अभाव हुन नदिने अवस्था रहने भट्टराईको भनाई छ । निगमले हाल सात देशका दस गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया