Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल वायुसेवा निगम एनएसीमा पाइलट अभाव भएको छ । २ जना पाइलट निलम्बन र अन्य केहिले जागिर छाडेपछि पाइलट अभाव भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ दुई-दुई न्यारोबडी र वाइडबडी गरी चारवटा विमान छन् भने आन्तरिकतर्फ दुई वटा ट्विनअटर विमान छन् । तर एनएसीले ठूला जहाजमा पाइलटको समस्या देखिएपछि केही उडानका सङ्ख्या घटाउनु परेको प्रवक्ता रमेश पौडेलले बताए । दुई वटा वाइडबडी ए३३० विमानका लागि एनएसीले क्याप्टेन र कोपाइलटसहित १७ जोर पाइलट हुनुपर्ने तय गरे तापनि हाल ११ जना क्याप्टेन (एक जना प्रशिक्षण लिइरहेका सहित) र ६ जना कोपाइलट मात्र छन् ।

अन्तर्राष्ट्रियतर्फकै अन्य दुई न्यारोबडी जहाज ए३२० तर्फ १६ जोर पाइलट हुनुपर्नेमा १० जना क्याप्टेन र १२ जना कोपाइलट (तीन जना प्रशिक्षण लिइरहेकासहित) रहेका छन् । एनएसीका प्रवक्ता रमेश पौडेलले भने, ‘अहिले समस्या देखा परेपछि अर्को व्यवस्था नहुन्जेल जिम्मेवारीमा रहेका पाइलटहरूलई बिदा कम लिन आग्रह गरिएको छ । उडानका समय समेत केही खुकुलो पारेर व्यवस्थापन हुँदैछ ।’

कति चाहिन्छ पाइलटरु:
जानकारहरूले मध्यम खालका अन्तरराष्ट्रिय गन्तव्यमा उड्ने एउटा विमानलाई सामान्य अवस्थामा सञ्चालनमा राख्न कम्तीमा चार जोर पाइलट आवश्यक पर्ने बताउँछन् ।

एक जना सेवानिवृत्त क्याप्टेन वाईके भट्टराईले नियमित बिदा, तालिम, बिरामी वा अन्य असामान्य परिस्थितिका बेला त्यतिले समेत नभ्याउने हुँदा विमान कम्पनीहरूले निकै खुकुलो अवस्थामा पाइलटहरूको व्यवस्था गर्नुपर्ने बताउँछन् । उडानका हकमा पाइलटको आराम र स्वास्थ्यको पक्षमा निकै संवेदनशील नियमहरू राखिने हुँदा पाइलटहरूको सहज उपलब्धतामा विमान सेवाहरू रहनुपर्ने बताइन्छ ।

जस्तो अन्तर्राष्ट्रिय रूपमा प्रचलित नियम अनुसार एक जना पाइलटले दैनिक अधिकतम १० घण्टा र एक महिनामा १०० घण्टा मात्रै उडान गर्न पाउँछन्।जसअनुसार एक जना पाइलटले १० दिन जति आफ्नो पूरा क्षमतामा उडान गरेर महिनाको आधा जसो समय खाली बस्नै पर्ने हुन्छ ।

लामो समय बोइङ विमान उडाएको एनएसीले एअरबससँग चार वटा नयाँ विमान किनेर ल्याएदेखि नै सोही अनुसारका तयारी नथाल्दा पाइलट अभावको समस्या कायमै रहेको जानकारहरूको मत पाइन्छ । एनएसीले हाल सात देशका दश गन्तव्यमा नियमित अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । –बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया