Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

नागोया – जापानको नागोया शहरमा आयोजित नेपाल फेस्टिभल २०२४ सम्पन्न भएको छ । जुन ८ र ९ तारिख सम्पन्न उक्त फेस्टिभलमा नेपालीसहित जापानीको खचाखच उपस्थिति थियो ।जापानमा यति सभ्य नेपाली नेपाली फेस्टिभल आयोजना गरेकोमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आयोजक लाई आभार अनि धन्यवाद व्यक्त गरेका छन् । नेपाल फेस्टिभलको पहिलो र अन्तिम दिन नेपाली र जापानीहरूको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होइन, जापानीहरू पनि रमाइरहेका देखिन्थे ।नेपाली कला संस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले  फेस्टिभलमा उपस्थित सबैलाई धन्यवाद दिएका छन् । म भन्नु भन्दा पनि हामी र हाम्रो भन्ने भावनाले सबै नेपाली समुदाय लागेकोले फेस्टिभल पूर्ण सफल भएको घिमिरेको तर्क छ ।फेस्टिभल सुरु हुन पूर्व शनिवार विभिन्न भेषभूषामा सजिएका टोलीहरूले झाँकी सहित जापानको नागोया शहरको विभिन्न क्षेत्र परिक्रमा गरिएको थियो । फेस्टिभल जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर केसीको प्रमुख आतिथ्यमा शनिबार उद्घाटन भएको थियो । उद्घाटन समारोहमा राजदूत सुवेदीले नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन फेस्टिभलले राम्रो भूमिका खेल्ने उल्लेख गरेका थिए ।नागोयाको आईची प्रिफेक्चरका गभर्नर हिडेयाकी ओमुराले तेस्रो नेपाल फेस्टिभल नागोयाले जापानमा नेपालीहरूको कला, संस्कृति, भाषा, संस्कार संरक्षणका लागि सराहनीय भूमिका रहने बताएका छन् । गैर आवासीय नेपाली संघ एनआरएन जापानका अध्यक्ष नविन न्यूरेले नेपाली कला सभ्यतालाई विश्व सामु चिनाउन सम्पूर्ण नेपालीहरूले साथ सहयोग गर्न अनुरोध गरेका थिए ।फेस्टिभलमा नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगायत थुप्रै चलन चल्तीका सामानहरू राखिएका थिए । जापानमा नै जन्मिएका बालबालिकाहरूका लागि आफ्नो मौलिकताबारे पनि चिन्ने अवसर भएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बताए ।फेस्टिभलमा पहिलो पटक जापानी प्रोफेसनल महिलाहरूले नेपाली गीत संगीतमा नृत्य गरेका थिए । फेस्टिभलको सांस्कृतिक कार्यक्रमको जिम्मा आदिवासी जनजाति महासंघले लिएको थियो । महासंघको यो फेस्टिभलको मुख्य सह-आयोजक पनि हो । नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू पनि फेस्टिभलमा सह-आयोजकको रुपमा रहेका थिए । फेस्टिभल एनआरएनए क्षेत्रीय समिति नागोयाको आयोजना एवं नेपाली राजदूतावास टोकियोको सहयोगमा सम्पन्न भएको हो ।फेस्टिभलका सांस्कृतिक संयोजक श्याम शीतल श्रेष्ठका अनुसार फेस्टिभलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरू प्रस्तुति ले झनै आकर्षक बनाएको बताए । फेस्टिभलका आर्थिक समिति संयोजक एवं फेस्टिभलका संरक्षक समेत रहेका दीपक कार्कीले फेस्टिभललाई सभ्य र भव्य बनाउन भूमिका खेल्ने सबैलाई आभार व्यक्त गरे । ‘अब छिट्टै फेस्टिभलको आयव्यय प्रस्तुत गर्ने छौं,’ उनले भने ।फेस्टिभलमा स्यमं सेवकहरूको भूमिका सह्रानीय थियो । एनआरएनए क्षेत्रीय समिति नागोयाका सचिव प्रतीक कार्कीले सबैको साथ सहयोगबाट नेपाली फेस्टिभल सफल भएको बताए । फेस्टिभलको अन्तिम दिन बेलुका केही क्षण वर्षा भएपनि छाता ओढेरै पनि दर्शकहरू गीत संगितमा झुमिरहेका देखिन्थे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया