Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।हैदरावादले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाएपनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भएका थिए ।

गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो । टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे ।

कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए । कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १-१ विकेट हात पारे ।

तपाईको प्रतिक्रिया