Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ खोज्न अन्तिम चरणको ड्रिलिङ सुरु गरिएको छ । ४ महिनाभित्र सम्पन्न हुने ड्रिलिङबाट त्यहाँ कति पेट्रोल छ भन्ने पत्ता लगाउने बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पेट्रोलियम पदार्थ व्यावसायिक रूपमा उत्खनन गर्न सकिने या नसकिने निष्कर्ष पनि सँगसँगै निकालिनेछ । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सीएनपीसी सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देशबीचको सम्झौता अनुसार सो ड्रिलिङ अघि बढाएको हो ।

खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले दक्ष र अदक्ष गरी झन्डै ७० जनाले दिनरात काम गरिरहेको बताए । ‘चौबिसै घण्टा आलोपालोमा अहिले काम भइरहेको छ,’ उनले भने, ‘नेपाल र चीन सरकारबीचको सम्झौता अनुसार चिनियाँ सहयोगमा यो काम भइरहेको छ ।’

उनका अनुसार दैलेखमा जारी अन्तिम चरणको ड्रिलिङका दुईवटा मुख्य उद्देश्य छन् । ‘भैरवी गाउँपालिका वडा नम्बर १ को जलजले भन्ने ठाउँमा हामीले काम गरिरहेका छौँ । करिब ४५ रोपनीको क्षेत्रफलमा कम्पाउन्ड लगाएर ड्रिलिङ गरिरहेका छौँ । यसबाट नै अर्को ठाउँमा पनि त्यस्तै ड्रिलिङ गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने कुरा पनि निर्क्योल हुनेछ,’ उनले भने ।

अहिले भइरहेको कामलाई अन्वेषणात्मक प्रक्रियाको अन्तिम चरणको काम हो । ‘अघिल्लो भौगर्भिक अध्ययनहरूले पेट्रोलियम हुनसक्ने ठाउँ ३ देखि ४ किलोमिटर भित्र हुन सक्ने देखाएका छन् । ड्रिलिङ गर्ने क्रममा त्योभन्दा केही तल वा माथि पनि त्यो फेला पर्न सक्छ,’ सूचना अधिकारी लुइटेलले थपे, ‘अहिलेको अध्ययनको उद्देश्य परिमाण कति हुनसक्छ र त्यसको उत्खनन व्यावसायिक रूपमा कति सम्भव छ भनेर अहिलेको ड्रिलिङले परिणाम दिने हो ।’

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले ड्रिलिङले त्यहाँ कति मात्रामा तेल छ या छैन भन्ने निर्धारण गर्ने बताए । ‘त्यहाँ तेलको परिमाण र गुणस्तर पुष्टि भयो भने हामीले तेलको कुवा खनेर त्यसलाई प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको ड्रिलिङपछि के कस्तो निचोड निस्किन्छ त्यसपछि हामी अरू पूर्वतयारी गर्छौँ ।’

ड्रिल गर्दै प्वाललाई सफा गर्दै त्यसलाई चारतिरबाट एउटा ‘फलामको कन्डक्टर केसिङ्ग’का मद्दतले ढाक्नुपर्ने प्राविधिकहरू बताउँछन् । उनीहरूका अनुसार ड्रिलिङ गर्दा जमिनको सबैभन्दा माथिल्लो भागमा ६६ सेन्टिमिटरको प्वाल बनाइएको थियो । त्यो तल्लो विन्दुमा पुग्दै जाँदा आधाभन्दा बढीले घट्ने भनिएको छ ।

सूचनाअधिकारी लुइटेलकाअनुसार शुक्रबार बिहानसम्म १५१ मिटरसम्म ड्रिलिङको काम भइसकेको छ । ‘जमिनको करिब २४ मिटरमुनि चट्टान भेटिएको थियो । त्योभन्दा माथि ग्राभेल र माटो छ,’ उनले भने, ‘५३ मिटरमा हामीले केसिङ राखेका छौँ । अब ३०० मिटरसम्म ड्रिलिङ गरिसकेपछि फेरि त्यस्तै केसिङ गर्छौँ । अनि खन्ने शृङ्खला जारी रहन्छ ।’

उनका अनुसार अहिलेको अन्तिम चरणको अन्वेषणमा ४ किलोमिटर ड्रिलिङ गर्ने लक्ष्य राखिएको छ । दैलेखमा देखिएका पेट्रोलियम पदार्थका अवशेषहरूको सन् १९६० को दशकमा प्रारम्भिक विश्लेषण गरिएको थियो भने विस्तृत जिओकेमिकल अध्ययन सन् १९९३ मा गरिएको थियो ।

पादुकास्थान मन्दिरमा फेला परेको चुहावटमा उच्च गुणस्तरसहितको कच्चा तेलको अंश फेला परेको जनाइएको छ । सन् २०१६ को मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दैलेखसहितका स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो । चीनले उक्त परियोजनाका लागि सन् २०१७ मा नेपाल सरकारलाई २ अर्ब ५५ करोड रुपियाँ उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया