Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही सामाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दाबी गर्दै गौशाला २६ सँगको जुनसुकै सम्बन्ध पुष्टि गर्न चुनौती दिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले यदि उक्त कुरा प्रमाणले पुष्टि हुन्छ भने आफूलाई फाँसीको सजाय दिन पनि भनेका छन् । विश्वकप क्रिकेट खेल्ने सपना चकनाचुर भएपछि सन्दीप विक्षिप्त रूपमा सामाजिक सञ्जालमा पोखिएका छन् । सन्दीपलाई एक किशोरी बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैदको फैसला गरेको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । तर उच्च अदालतले विभिन्न बहानामा सुनुवाइ नगर्दा सन्दीपले यस्तो पीडा व्यक्त गरेका हुन् ।

पछिल्लो पटक लगातार तीन पटक उनको मुद्दामा पेसी तोकेर पनि उच्च अदालतले सुनुवाइ गरेन । उच्च अदालतले सुनुवाइ नगर्दा सन्दीपले सर्वोच्च अदालत जाने वा सफाइ पाउने भन्ने मौका पाएका छैनन् ।

यही बिचमा विश्वकपका लागि नेपाली टोलीको घोषणा भयो र बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप टोलीमा अटाएनन् । अदालतले सुनुवाइ ढिला गर्दा विश्वकप खेल्ने सपनामा चोट परेपछि उनले एक पछि अर्को स्टाटसमार्फत आक्रोश र पीडा व्यक्त गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया