Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नागोया – जापानमा बक्स  अविरललाई फेरि अर्को सफलता प्राप्त भएको छ । शनिबार जापानको नागोया शहरमा भएको हिट-५३ किक बक्सिङ प्रतियोगितामा उनी विजयी भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानको नागोया शहरमा परिवारसँगै बस्दै आएका अविरलले थुप्रै अन्तर्राष्ट्रिय किक बक्सिङ विजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाइरहेका छन् । ‘हिमालयन चितुवा’को नामले पनि चिनिने उनी थाइल्याण्डको फुकेट शहरमा मार्च ३० सम्म विशेष प्रशिक्षण लिएका थिए । खेल झनै प्रतिस्पर्धात्मक हुने हुँदा अविरलको मनोबल बढाउन अनि नयाँ सिक्न आफ्नै खर्चबाट थाईल्याण्ड पठाएको अविरलका बुवा एवं प्रशिक्षक देव घिमिरेले बताए ।

अविरलले खेलको माध्यमबाट विदेशी भूमिमा पनि नेपाल र नेपाली चिनाइरहेकोमा आफूहरूलाई पनि खुःशी लागेको बताउँदै आ–आफ्नो क्षेत्रबाट अविरललाई हौसला प्रदान गरिदिनु हुन उनले सबैमा अनुरोध गरेका छन् । ‘जापानमा यति धेरै नेपालीहरू छन् । उनीहरु समाजसेवा भन्दै खादा र मालामा मात्र दाैडिरहन्छन्, खेलको माध्यमद्वारा नेपाल र नेपाली चिनाउन यस खालका प्रतियोगिताहरूमा हौसला प्रदान गर्न आउन नेपाली समुदायले कन्जुस्याइँ गरेको देखिन्छ,’ घिमिरेले भने ।जापानको नागोया शहरस्थित कंग्रेस हलमा अविरल र जापानको ओसाकाका हिरायामाबीच अप्रिल २७ शनिबार खेल निकै प्रतिस्पर्धात्मक थियो । अब भने अविरलले के बानको अन्तर्राष्ट्रिय खेलको तयारीमा लाग्ने छन् । आफ्नो कडा मिहेनत अनि सबैको आर्सीवादले आफू विजयी भएको अविरलले बताए । उनले हिट-५३ को उपाधि रक्षा गर्दै प्रतियोगितामा लगातार चौथो पटक उपाधि जितेर नयाँ कीर्तिमान समेत बनाएका छन् ।

अविरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन् । अविरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् । आफ्नो आमाबुबासँग जापानको नागोया शहरमा बस्दै आएका अविरललाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ ।उनका बुबा देव घिमिरे किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी एवं अहिले अविरलका प्रशिक्षक समेत हुन् । जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १४ खेल जितिसकेका छन् ।

तपाईको प्रतिक्रिया