Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – रोजगारीको क्रममा एकदशक अघि जापान पुगेका चितवनका कृष्णमणि पौडेलले त्यहाँबाट फर्किएर जापानी रेष्टुराँ ‘याप्पारी स्टिक’ सञ्चालनमा ल्याएका छन् । करीब १० महीनाअघि भरतपुर महानगरपालिका-१० स्याउलीबजारमा पहिलो शाखा सञ्चालनमा ल्याएका उनले पुरानो मेडिकल कलेज अगाडि दोस्रो शाखा सञ्चालनमा ल्याएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१ करोड रुपैयाँको एकल लगानीमा दोस्रो शाखा सञ्चालनमा ल्याएको पौडेलले जानकारी दिए । ‘पहिलो शाखा खोल्दा ग्राहकको राम्रो प्रतिक्रिया पाएँ, ग्राहकको माग र आवश्यकता अनुसार नै दोस्रो शाखा खोलिएको हो,’ उनले भने ।

रेष्टुराँमा जापानबाट ल्याइएको लाभाबाट निस्किएको ढुंगामा पकाएको मासुका परिकारमा ग्राहकको आकर्षण देखिएको उनको भनाई छ । ‘यहाँको मुख्य आकर्षण भनेको ढुंगाबाट पकाएको, पोलेको मासुको परिकार नै हो । यसले मासु स्वादिलो बनाउँछ र खाइन्जेलसम्म एउटै तापक्रम कायम रहन्छ, यो तेलरहित र स्वस्थ पनि हुन्छ,’ उनले भने ।

याप्परीको शाखा काठमाडौं लगायतका अन्य ठाउँमा विस्तार गर्ने योजना रहेको उनले बताए । जापानमा रहँदाको लामो अनुभव र आत्मविश्वासबाटै नेपालमा व्यवसाय सञ्चालन गर्ने योजना बनेको उनको भनाइ छ । दुवै शाखामा गरी १७ जनालाई प्रत्यक्ष रोजगारी दिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया