Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – खराब ब्याटिङले निरन्तरता पाउँदा एकदिवसीय शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्सविरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ । यो जितसँगै वुल्भ्स तीन खेलको एकदिवसीय शृंखलामा अन्तिम खेलअगावै च्याम्पियन बनेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ६० रनमै अलआउट भयो । नेपाललाई सस्तैमा समेट्न वुल्भ्सबाट घातक बलिङ गरेका म्याथ्यु हम्फ्रेसले ६ विकेट लिए ।

४.५ ओभर बलिङ गरेका हम्फ्रेसले एक मेडन राख्दै आठ रन खर्चिए । यसबाहेक, फियोन ह्यान्ड र थोमस मायेसले समान एक विकेट लिए । नेपालका भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाए । यसबाहेक, अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो । वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४-७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले ३५ रन थपे । यसबाहेक, कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे ।

नेपालका साहब आलम र रिजन ढकालले तीन-तीन विकेट लिए । १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीको नाममा समान एक विकेट रह्यो ।

यसअघि एकदिवसीय शृंखलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । अब शृंखलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी-२० शृंखला आयरल्यान्ड वुल्भ्सले २-१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया