Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ब्राजिलको राष्ट्रिय टोलीका पूर्वखेलाडी रोबिन्होलाई बलात्कारको मुद्दामा अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ । म्यान्चेस्टर सिटी र रियल म्याड्रिडका पूर्व फरवार्डसमेत रहेका रोबिन्होलाई इटालीको एक अदालतको फैसलाअनुसार ब्राजिलमा पनि नौ वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

४० वर्षीय रोबिन्होलाई इटालीकाे अदालतले सन् २०१७ मा २२ वर्षीया अल्बानियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले उनले ब्राजिलमै नाै वर्षको जेल सजाय भोग्नेछन् । इटालीको अनुरोधपछि ब्राजिलका न्यायाधीशहरूले हिजो ब्राजिलमा सजाय भोग्नुपर्ने फैसला गरेका खबरमा उल्लेख छ । फैसलाको विरुद्धमा राेबिन्हाेले पुनरावेदन दिन सक्नेछन् ।

ब्राजिलका पूर्व राष्ट्रिय खेलाडी रोबिन्होले देशका लागि एक सय वटा खेल खेलेका छन् । अपराधको समयमा उनले इटलीको एसी मिलान क्लबबाट खेलिरहेका थिए । रोबिन्होले पीडित भनिएकी महिलासँग यौन सम्पर्कका लागि सहमति भएको तर उनले पछि आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । रोबिन्होले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबाट पनि खेलेका थिए । मड्रिडमा उनले चार सिजन खेलेकोमा दुई पटक ला लिगा उपाधि जितेका थिए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया