Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष लगायत पदाधिकारीहरुले राष्ट्रिय टोलीलाई बिदाइ गरेका हुन्। राष्ट्रिय फुटबल टोली बुधबार मलेसिया जाँदैछ। मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ। एन्फाले ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको समेत घोषणा गरेको छ।

खेलाडी बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपालमा पनि राम्रो तयारी भएको र मलेसियामा हुने अभ्यास पनि आगामी खेलका लागी महत्वपूर्ण सावित हुने बताए। बहराइनसँग स्वदेशमा खेल हुँदा त्यसको थप फाइदा नेपाललाई हुने भएपनि बहराइनमा नै खेल हुँदा पनि उच्च मनोवलका साथ मैदान उत्रने उनले बताए।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुबै खेल बहराइनमै हुने पक्का भइसकेको छ। पूर्व निर्धारित खेल अनुसार नेपाल र बहराइनबीचको पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते बहराइन नेसनल स्टेडियमा हुने एन्फाले जनाएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया